काठमाडौं । गरिमा विकास बैंकले ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने छन् ।
हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।