ग्लोबल बैंकको कर्जामा जोखिम देखिएपछि राष्ट्र बैंकले गर्न लगायो ३ अर्ब प्रोभिजिङ

बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा नै राष्ट्र बैंकको शंका

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई गर्न निर्देशन दिएको छ । बैंकले जोखिम युक्त क्षेत्रमा लगानी गरेको भन्दै राष्ट्र बैंकले कारवाही प्रक्रिया अघि बढाएको हो । राष्ट्र बैंकले आज शुक्रबार निर्देशन कर्जा जोखिम वापतको ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन दिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय विवरणमाथि नै राष्ट्र बैंकले शंका गरेको छ । बैंकले कृत्रिम डकुमेन्ट बनाएर कर्जा प्रवाह गरेको बुझिएकोले अहिले ३ अर्ब प्रोभिजिङ गर्न लगाइएको र पछि अनुसन्धान रिपोर्टपछि अझ ठूलो कारवाही हुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

उनका अनुसार हाल ग्लोबल आईएमई बैंकको एनपीएल नै ३ प्रतिशतभन्दा माथि रहेको स्रोतले जानकारी दिएको छ । ग्लोबल आईएमई बैंले प्रकाशित गरेको वित्तीय विवतरणमा बैंकको तेस्रो त्रैमाससम्म १.४५ प्रतिशत एनपीएल रहेको देखाइएको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षक विभागले गरेको अडिटमा बैंकले प्रवाह गरेको कर्जा उच्च जोखिममा परेको र बैंकले वित्तिय अनुशासन कायम नगरेको पाइएको छ । राष्ट्र बैंकले आज ग्लोबल आईएमई बैंकलाई उक्त रकम प्रोभिजिङ गर्न पत्र पठाएको छ ।

बैंकको अडिट गर्ने क्रममा कृतिम प्रकृतिको कर्जा फेला पारेको हो । राष्ट्र बैंकले यो निर्देशन दिएपछि अब बैंकले मुनाफाबाट झिकेर तीन अर्ब रुपैयाँ कोषमा राख्नुपर्नेछ । तीन अर्ब रुपैयाँ प्रोभिजन गर्नुपर्ने भएसँगै आगामी वर्ष कम्पनीको मुनाफा घट्न नाफा बाड्न नसक्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स