बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ ।

शुक्रबार साँझ ५ः३० बजेसम्ममा २ लाख ९९ हजार ५१६ जना आवेदकबाट ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको ३६ लाख ७४ हजार ५९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंङले जनाएको हो । उनीहरुले कूल ३६ लाख ७४ हजार ५९० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता सेयरको १.६९ गुणा बढी हो ।

कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले सर्वसाधारणलाई १५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा जेठ २५ गते सम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले यस अघि पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले काक्सीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स