भोलि शनिबार मन्त्रालयले निकाल्यो सार्वजनिक बिदाको सूचना

काठमाडौं । भोलि शनिबार गृह मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गरि शनिबार सार्वजनिक बिदा दिने सूचना निकालेको हो ।

सरकारले रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।

भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक बिदा रहेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स