नेपाली सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकोप्टर हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले प्रदेश नं. १ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकोप्टर हस्तान्तरण गरेको छ । सेनाले विद्यालयको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिंङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने गरी प्रयोगविहीन अवस्थामा रहेको एनए–०३९ चिता हेलिकोप्टर–सीएच–०५९ हस्तान्तरण गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को बैशाख २५ गतेको निर्णयअनुसार सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त एक थान हेलिकोप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जाहरू गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा शुक्रबार हस्तान्तरण गरिएको जंगी अड्डाले जनाएको छ ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकोप्टर, भारतबाट २०५८ मंसिर २६ मा सेनालाई सहयोगस्वरूप गरेको थियो । हेलिकप्टर निर्माण कम्पनीले तोकेको उडान समयावधि सकिएर हाल ग्राउन्डेड अवस्थामा रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स