हट्ला ४/१२ को सीमा, नयाँ मौद्रिक नीतिमा राष्ट्र बैंकले कसरी गर्ला सम्बोधन

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष लागि ल्याउने मौद्रिक नीतिका विषयमा सल्लाह सुझाव मागेको छ । देशको मुद्रा प्रणालीलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले हरेक वर्ष बजेट भाषणपछि साउन पहिलो साता ल्याउने मौद्रिक नीतिका वारेमा सल्लाह सुझाव माग्ने गरेको हुन्छ । यो वर्ष पनि त्यसरी नै राष्ट्र बैंकले सरोकारवालासँगसँगै आम नागरिकसँग पनि मौद्रिक नीतिमा गर्नुुपर्ने नीतिग व्यवस्थाका लागि राय सुझाव मागेको हो ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माण प्रक्रियासँगै राय तथा सुझाव माग गरेको हो । क अव आउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिले चालु आर्थिक वर्षमा सेयर धितो कर्जामा लगाएको ४÷१२ को सीमालाई हटाउँछ कि हटाउँदै होला । यो आव लागेपछि पहिलो त्रैमासपछि नै देखिन थालेको तरलता अभावलाई सदाका लागि सहज बनाउन कसरी गर्ला व्यवस्थापन ? बढ्दो मूल्य वृद्धि र घट्यो विदेशी विनिमय सञ्चितिलाई सन्तुलनमा ल्याउन कस्तो रहला राष्ट्र बैंकको भूमिका ।

आयात घटाउन गरिएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर वृद्धि गर्न गरेको संकेतले कस्तो लेला मोड ? यी सबैको सम्बोधन हुन सक्ने गरी मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकका लागि पनि कम चुनौती छैन ।
विशेष गरी सेयर धितो कर्जामा लागेको ४÷१२ को सीमा आगामी आवको मौद्रिक नीतिले परिमार्जन गर्छ कि गर्दैन भन्ने विषय अहम बनेको छ । यहि सम्बन्धमा सेयर बजारका पुराना र ठूला खेलाडीले समेत राष्ट्र बैंकको यो नीतिका सम्बन्धमा टिका टिप्पणी गरिरहेका छन् ।

राष्ट्र बैंकले लिएको सो नीति र वित्तीय बजारमा तरलता अभावका कारण धितोपत्र बजार अहिले डामाडोल भएको छ । कतिपय सेयर लगानीकर्ता बैंकको कर्जाको ब्याज तिर्न नसकेर छटपटाइ रहेका छन् । राष्ट्र बैंकले भने यस विषयमा अहिले कुनै आर्कआउट गरेको छैन। अहिले राय सल्लाहमात्रै लिने काम भएकोले नीतिमा के के पर्छ के के पर्दैन भनेर भन्न नसकिने जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स