एनआईसी एशिया क्यापिटलले भोलिदेखि १ अर्बको आईपीओ निष्कासन खुल्ला गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘एनआईसी फ्लेक्सी क्याप फन्ड’ को आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले भोलि जेठ १९ देखि २४ जेठसम्म एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत १ अर्ब रुपैयाँको आईपीओ निष्कशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति इकाइ मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाइ मध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

एनआईसी फ्लेक्सी क्याप फण्ड ७ वर्षको लागि बन्दमुखी योजना भएको हो । एनआईसी एशिया ग्रोथ फण्ड तथा एन आई सी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत प्रतिफल वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त प्रतिफल वितरण पश्चात्तथा धितोपत्रको दोश्रो बजार निरन्तर घटेर तल्लो विन्दुमा आईपुग्दाको अवस्थामा समेत हाल एनआइ सी एशिया ग्रोथ फण्ड को खुद सम्पत्ति १३.५५, एनआईसी एशिया ब्यालेन्सड्फण्ड को खुद सम्पत्ति मूल्य १२.७९ तथा पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको खुद सम्पत्ति १०.८० कायम छ ।

तेस्रो बन्दमुखी योजना एनआइ सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) को खुद सम्पत्ति मूल्य ९.८४ कायम रहेको छ । साथै दुई अर्ब रुपैयाँको पाँचौ बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड २ संचालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स