होटल संघले सिंगल युज प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु प्रयोग नगर्ने

काठमाडौं । नेपालका होटलहरूले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने (सिंगल युज) प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपालले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक होटलहरूमा प्रयोग नगर्ने अभियान प्रारम्भ गरेका हुन् ।

अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिक जन्य सामाग्रीको प्रयोग पनि बन्द हानकी अध्यक्ष सिर्जना राणाले बताइन् ।

‘यो अभियान ठूला होटलबाट प्रारम्भ भएको हुनेछ,’ उनले भनिन् ‘क्रमश सबै होटलमा यो अभियान कार्यान्वयन हुनेछ । राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन् ।

कार्यक्रममा हानका प्रथम उपाध्यक्ष विनायक शाहले आगामी २ वर्ष भित्र नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि नै फ्याँक्नु पर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द गर्ने दाबी गरे ।

जलवायु परिवर्तनप्रति सचेत हुँदै यो अभियान प्रारम्भ गरिएको शाहले बताए । ‘यो कुनै व्यापारिक अभियान होइन, कुनै विदेशी दाता हाम्रो साथमा हुनुहुन्न’, उनले भने, ‘हामी कसैको सहयोग बिना नेपाल सरकारको प्लास्टिकमुक्त अभियानमा सहभागी भएका हौं ।’

हानको यो अभियानलाई होटल व्यवसायी महासंघ, होमस्टे एसोसिएसन, हानका क्षेत्रीय समितिहरूले पनि साथ दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स