सिभिल बैंकको डीसीईओमा सचिन जंग रायमाझी नियुक्त

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिन जंग रायमाझी नियुक्त भएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते देखि लागु हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो ।

हाल उनी बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका छन् ।

नेपाल बंगलादेश बैंक बाट बैंकिंङ शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल २१ बर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्ष देखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरीसकेकोले उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु¥याउनेमा बैंकले विश्वास लिएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पु¥याएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स