घट्यो सुनको मूल्य, कति पुग्यो आज ?

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

मंगलबार सुनको मूल्य ९१ हजार ६०० सय रूपैयाँ कायम भएकोमा आज भने ३ सय रूपैयाँले घटेर ९१ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर १२ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स