बन्यो नजिरः कोरोना बीमाको भुक्तानी सम्बन्धित कम्पनीले नै गर्नुपर्ने गरी गर्यो विराटनगर उच्च अदालतले फैसला

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीका विषयमा विराटनगर उच्च अदालतले नजिर बसाली दिएको छ । विराटनगर उच्च अदालतले हिजो जेठ १६ गते कोरोना बीमाको दावी भुक्तानी सम्बन्धित बीमा कम्पनीले नै भुक्तान गर्नुपर्ने गरी फैसला सुनाएको हो ।

विराटनगर उच्च अदालतले कोरोना बीमा बीमित र बीमा कम्पनीबीचको करार तथा बीमा कम्पनीको व्यवसाय भएकोले बीमा समितिले भुक्तानी गर्न नमिल्ने र स्वयम बीमा गर्ने कम्पनीले नै गर्नुपर्ने गरि फैसला सुनाएको हो ।

नेपाल पत्रकार महासंघ विराटनगर शाखाले २०७८ भदौं २१ गते दायर गरेको रिटमाथि हिजो जेठ १६ गते सोमबार सुनुवाई गर्दै अजोड इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी दिनुपर्ने गरि न्यायधीशहरूले निर्णय गरका हुन् ।

विराटनगर उच्च अदालतका न्यायाधीशहरू सत्यमोहन जोशी थारु र जगतनारायण प्रधानको संयुक्त इजलाशले कोरोना बीमाको दावी भुक्तानी दिन अजोड इन्स्योरेन्सको नाममा आदेश जारी गरेको छ ।

विराटनगर उच्च अदालतको आदेशसँगै अजोड इन्स्योरेन्स कम्पनीले ३१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । विराटनगर शाखामा आबद्ध पत्रकारहरूको कोरोना बीमा अजोड इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।

महासंघले बीमा गरेको मध्ये ३१ जनाले कोरोना बीमाको रकम भुक्तानी पाउन सकेका थिएनन् । रकम नपाएपछि पत्रकार महासंघ विराटनगर शाखाले विराटनगर उच्च अदालतमा रिट दायर गरेको थियो ।

सरकारले व्यहोर्नु पर्ने ११ अर्ब ८२ लाख २० हजार रुपैयाँ निकासी नहुँदा कोरोना बीमितले भुक्तानी पाउन सकेका छैनन् । १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । सोमध्ये १ लाख ६१ हजार ५४९ जनाले दावी भुक्तानी माग गरेका छन् ।

ती बीमितले १५ अर्ब ३२ करोड २० लाख ९२ हजार दावी भुक्तानी परेको छ । बीमा कम्पनीहरूले पुलमार्फत ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स