नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा

काठमाडौं । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् ।

लामालाई ३ हजार रूपैयाँ धरौटीमा रिहा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको हो ।

नायिकाले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सोमबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नायिका मिरुनाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण प्रतिकारमा उत्रिएको बताएकी छिन् ।

लामाका समर्थकहरुले भने झुटो आरोप लगाएको र मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स