काठमाडौंमा मेलम्चीको पानी आउन बन्द, अब वर्षापछि खान पाउने

काठमाडौं । काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।

वर्षा शुरू भएकाले टनेल भित्र बालुवा गेग्रान सहित धमिलो पानी प्रवेश भएको हुँदा टनेलको सुरक्षार्थ मेलम्ची खानेपानीको मुख्य ढोका बन्द गरिएको छ । जसकारण काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको हो ।

मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ ।

जेठ १७ गते बिहान ८ः०० बजेदेखि मेलम्ची खानेपानी महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ ।

मंगलबार सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले बताए ।

गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स