चुनावमुखी बजेट होइनः अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री आफूले चुनावी बजेट नल्याएको स्पष्ट पारेका छन् । बजेटपछिको आज सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सो कुरा स्पष्ट पारेका हुन् । उनले बजेट उत्पादनमुखी भएको जिकिर गर्दै उनले समग्रमा बजेट समावेशी भएको बताएका छन् ।

विगतकै कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित नरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफूले मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गर्नेगरी जनताको आवाज बोल्नेगरी बजेट ल्याएको सो कार्यक्रममा दावी गरे । उनले बजेट मार्फत आर्थिक सूचकहरुमा निश्चित लक्ष्य राखेर अघि बढेको बताउँदै लक्ष्य पूरा गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स