घरजग्गा कारोबारीलाई अर्को धक्का, पुँजीगत लाभकर बढ्यो

काठमाडौं । तरलता अभावका कारण घरजग्गा व्यवसाय त्यसैपछि फस्टाउन नसकेको बेला सरकारले अर्को पुँजीगत लाभकर बढाएर प्रहार गरेको छ । सरकारले घरजग्गा कारोबारको पुँजीगत लाभकर बढाएको छ ।

आर्थिक ऐन, २०७९ मार्फत ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ । यसअघि ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ति बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।

यसैगरी ५ वर्षभन्दा बढी स्वामित्व भएको घर जग्गा बिक्री गर्दा अबदेखि ५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । विगतमा यस्तो सम्पत्ति बिक्री गर्दा २.५ प्रतिशतमात्र पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स