महानगरवासीले भोट खसाल्न अझै जानेनन्, साढे ३१ हजार मत बदर

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ३१ हजारभन्दा बढी मत बदर भएको छ । महानगरका कुल ३ लाख दुई सय ४२ मतदातामध्ये ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार ९ सय ५६ मत खसेको थियो । जसमध्ये ३१ हजार ४१ अर्थात् १६.२६ प्रतिशत मत बदर भएको छ ।

अन्य पालिकाकोभन्दा महानगरपालिको मत पत्र ठूलो धेरै उम्मेद्वार सोही अनुसारको चिन्ह भएकाले मतदाता झुकिएका र अर्को भनेको मतमत्रको स्वतिक छाप लगाउने कोठा सानो भएकोले पनि मत बदर भएको हो ।

महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गरेकी छिन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स