८ प्रतिशत ब्याजमा नबिल बैंकको ऋणपत्र, ढिलोमा साउन २४ गतेसम्म खरिद गर्न पाइने

काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । बैंकले ‘८०० प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक सो मात्राको ऋणपत्र आजदेखि बिक्रीमा राखेको हो । नबिलको सो ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशतका दरले ब्याज पाइने छ भने उक्त ऋणपत्र नबिल बैंकमै धितो राखेर ऋण समेत लिन सकिने छ ।

७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकितका दरले बिक्री गर्न राखेको हो । नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ ।

उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भई कारोबार हुने छ । साथै, यसमा लगानी गर्दा बैंक तथा वित्तीय संस्था (नबिल बैंक बाहेक) मा धितो राखी कर्जा लिन सकिने कम्पनीले जनाएको छ । उक्त ऋणपत्रको बिक्री छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते बन्द हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स