वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको आरक्षण

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्कासनमा आरक्षणको व्यवस्था गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई यहाँ निष्कासन तथा बिक्री खुला हुने कम्पनीका प्राथमिक सेयरमा १० प्रतिशतको आरक्षणको व्यवस्था गरिने उल्लेख छ ।

अर्थमन्त्री शर्माले धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्ने कानून बनाइने बताएका छन् । त्यस्तै धितोपत्र बजारको दोस्रो बजार संरचनालाई थप प्रतिस्पर्धी बनाइने र पूँजी बजारको विस्तार र विविधीकरण गरेर सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताहरुको हकहित संरक्षण गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स