निजि अस्पतालमावाट हटाइयो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं । सरकारले यस अघि निजि अस्पतालबाट समेत दिदै आएको स्वास्थ्य बीमाको सेवा निजि क्षेत्रवाट हटाएको छ । निजि क्षेत्रले आवश्यक भन्दा बढिको बिल लेखेर बिमाको पैसा दुरुपयोगको आरोप लाग्दै आएको थियो ।

आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले स्वास्थ्य बिमाको कार्यक्रम सामुदायिक र सहकारी स्वास्थ्य सेवा क्षेत्रवाट मात्र दिने घोषणा गरे । यसको लागि हरेक अस्पतालमा सामुदायिक स्वास्थ्य सेवा डेस्कको स्थापना गर्ने घोषणा समेत बजेटले गरेको छ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम बीमा कम्पनीहरुमा स्थानान्तरण हुँदा बीमा कम्पनीहरुले साढे सात अर्बको व्यवसाय प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स