तारा एयरको विमान लार्जुङको डाँडाको बायाँपट्टि खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वारमा समस्या

काठमाडौं । तारा एयरको विमान मुस्ताङ थासाङ गाउँपालिकाको लार्जुङमा दुर्घटना भएको पुष्टी भएको छ । विमान लार्जुङको डाँडाको बायाँपट्टि खोचमा क्षतविक्षद अवस्थामा भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको नेपाल वायु सेवा सञ्चालकका प्रवक्ता योगराज शर्मा कँडेलले हाम्रो अर्थलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार लेतेमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जहाज दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए ।

पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।

उक्त विमानामा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेको खुलेको छ ।

जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले जोमसोम लागि उडाएका थिए । जहाजको चालक दलका सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन् ।

विमानमा अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, युवी विल्नर,बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, सवार थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स