पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना भएको छ।

बिहान करिब १० बजे पोखराबाट उडेको ९ एनएईटी ट्विनअटर विमान दुर्घटना भएको हो ।

१९ जना यात्रु बोकेको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार लेतेमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त विमानामा  १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेको खुलेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स