आज ४ बजे पौने १८ खर्बको पपुलिष्ट बजेट सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

आगामी आर्थिक वर्ष २०७९/८० बजेट

काठमाडौं । आज जेठ १५ गते आइतबार अर्थात आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने दिन । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्न लागेका हुन् । जेठ १५ गते बजेट ल्याउने संविधानमा नै व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार अर्थमन्त्री शर्माले संसदको दुवै सदनमा पपुलिष्ट बजेट पेश गर्न लागेका हुन् । शर्माले संघ र प्रदेशको चुनावलाई लक्षित गरी भोट तान्ने बजेट ल्याउन लागिएको बुझिएको छ । तयारी वस्तु र कच्चा वस्तुमा भन्सार महसुल अन्तर कायम गर्न बजेटले प्रयास गर्नेछ । विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्दै डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको निरुत्साहित गर्न लागेको छ ।

सरकारले आगामी वर्ष चुनावी वर्ष भएकोले सरकारले जनता रिझाउने, मूल्य वृद्धि नियन्त्रण गर्ने आयात प्रतिस्थापन निर्यात प्रवद्र्धन गर्दै साढे ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने गरी पौन १८ खर्बको बजेट ल्याउँदै छ ।

सरकारले आगामी आवको बजेटलाई लोकप्रिय बनाउन कर्मचारीको तलबवृद्धिदेखि सरकारले प्रदान गर्ने विभिन्न भत्ता समेत वृद्धि गरी मासिक ५ हजार पुर्याउने भएको छ । कांग्रेस सरकारको चुनावी नारा नै ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने उल्लेख गरिएकोले सो व्यवस्था गर्ने बताएको छ । सरकारले बेरोजगारलाई पनि भत्ताको व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री शर्माले सामजिक सुरक्षाका विषयका साथै बजेटले देशमा पुँजी निर्माण गर्ने ठूला पूर्वाधार विकास निर्माणका आयोेजनामा पनि त्यति कै महत्वका साथ बजेट विनियोजन गरेका छन् ।

अर्थमन्त्रीले स्वदेशी उद्योग संरक्षण गर्नेदेखि सवारी साधन, फलाम, सिमेण्ट, कष्मेटिकको सामान, सुनचाँदी हाई रेन्चका मोबाइल तथा टेलिभिजन मा कर हेरफेर गरेको छ । सरकारले व्यक्तिगत आयकरदेखि कर्पोरेट कर, अन्तःशुल्क तथा भन्सार महसुलमा कर हेरफेर गर्न लागेको हो । जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रममा नै व्यवसायीमैत्री कर नीति बनाइने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स