‘टीभीएस स्मार्ट एक्सचेञ्ज’ अफर, भदौ १५ गतेसम्म थप

काठमाडौं । नेपालका लागि टीभीएस दुई पांग्रेका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस स्मार्ट एक्सचेञ्ज’ अफर ल्याएको हो । यो एक्सचेञ्ज अफर साउन २७ गतेदेखि भदौं ४ गतेसम्मका लागि आयोजना गरिएको थियो ।

उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले भदौ १५ गतेसम्म थप गरेको छ ।

यो एक्सचेञ्ज अफरमा कुनै पनि पुरानो ब्राण्डको मोटरसाइकल वा स्कुटर टीभीएससँग साट्न पाइनेछ । कम्पनीले यस एक्सचेञ्ज अफरमा उपभोक्ताका मोटरसाइकल तथा स्कुटरलाई बजार मूल्य भन्दा उच्च मूल्यांकन गर्नेछ । कम्पनीले बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ मूल्यांकन गर्ने जानकारी दिएको छ ।

साथै फाइनान्सको पनि सुविधा छ । फाइनान्समा खरिद गर्न चहानेका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा दिइएको छ । यस अवधिभर मोटरसाइकल तथा स्कुटर खरिद गर्नेले ८ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स