नेपाली बजारमा उपलब्ध प्योर इभीका ३ स्कुटरको फिचर यस्ता छन्

काठमाडौं । नेपाली बजारमा प्योर इभीका ३ वटा मोडलका स्कुटर उपलब्ध छन् । ह्वाइट लोटस मोटर्सले नेपालमा प्योर इभी स्कुटर बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तरको अन्तर्राष्ट्रिय मापदण्डको विद्युतीय सवारी भित्र्याउने चहान अनुरुप नेपालमा प्योर इभीका स्कुटर बिक्री वितरण शुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्की बताउँछन् ।

‘नेपालमा अहिले पनि चार पांग्रे सवारी ठूलो लगानीले किनिने वस्तु हो । धेरै नेपालीसँग दुई पांग्रे सवारी किन्न सक्ने क्षमता छ । धेरैले दुई पांग्रे सवारी रुचाएका पनि छन्,’ खड्कीले हाम्रोअर्थसँग भने, ‘आर्थिक तथा वातावरणिय हिसाबले पनि नेपालमा इलेक्ट्रिक स्कुटर उपयुक्त हुन्छ ।’

देशको व्यापार घाटा कम गर्न तथा पर्यावरण जोगाउने उद्देश्यले प्योर इभी नेपालमा भित्र्याइएको प्रबन्ध निर्देशक खड्कीको दावी छ ।

पेट्रोलियम सवारीमा नियमित खर्च पनि आउँछ । सर्भिसिङ, मोबिल, इन्धनलगायतमा पेट्रोलिय सवारीमा दैनिक खर्च आउँछ । पेट्रोलियम पर्दाथको आयातमा मुलुकले वार्षिक खर्बौको व्यापार घाटा व्यहोरिरहेको छ । विद्युतीय सवारीमा प्रयोग हुने इन्धन नेपालमा उत्पादन हुने जलविद्युत हो । पेट्रोलिय गाडीको प्रयोग गर्न भनेको व्यापार घाटा बढाउनु हो ।

इलेक्ट्रिक स्कुटरमा उपभोक्ताले उच्च ड्राइभिङ रेञ्ज खोज्ने भएकाले कम्पनीले उपभोक्ताको माग अनुसारको उत्पादन बिक्री गरिरहेको उनको दावी छ । भारतको आईआईटी हैदरबादमा उत्पादन भएको प्योर इभीको ड्राइभिङ रेञ्ज ११६ किलोमिटरसम्म छ ।

भारतमा प्योर इभीले ५, ६ मोडलका स्कुटर निर्माण गर्छ । कम्पनीले नेपालको भुगोललाई सुहाउँदो र हाई पर्फमेन्सका स्कुटर नेपाल ल्याएको उनको भनाइ छ ।नेपालमा बिक्री भइरहेका प्योर इभीमा उच्च गुणस्तरको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यी तीनवटै स्कुटरमा पोटेबल ब्याट्री छ । ब्याट्रीमा ३ वर्षको वारेन्टी छ । मोटर र कन्ट्रोलरमा एक/एक वर्षको वारेन्टी छ ।

स्कुटरको खरिद मूल्यमा १० हजार रुपैयाँ अधिक भुक्तानी गरियो भने ५ वर्षसम्म कम्पनीले ब्याट्रीमा वारेन्टी उपलब्ध गराउँछ । र, मोटरमा ३ वर्ष र कन्ट्रोलरमा २ वर्षको वारेन्टी समय थप हुन्छ । इलेक्ट्रिक स्कुटर नियो इन्ट्रान्स र ईप्लोटो ७जीको ब्याट्री मूल्य ९८ हजार रुपैयाँ तथा इन्ट्रान्स प्लसको ब्याट्रीको मूल्य ७० हजार रुपैयाँ तोकिएको छ ।

साथै कम्पनीले पुरानो मोटरसाइकल साटेर इलेक्ट्रिक स्कुटर खरिद गर्न चहानेले एक्सचेञ्जको सुविधा पनि उपलब्ध गराउँदै आएको छ । कम्पनीको शोरुबाट एक्सचेञ्ज गर्न सकिन्छ ।

साथै उपभोक्ताले बैंकबाट पनि प्योर इभी स्कुटर खरिद गर्न सक्छन् । नबिल, एनआईसी एसिया, माछापुच्छे, नेपाल बंगलादेश बैंकलगायत ५ वटा वाणिज्य बैंकबाट क्रेडिड कार्ड भएका उपभोक्ताले क्रेडिड सिमा भित्रको रकम अग्रिम भुक्तानी नगरि खरिद गर्न सक्छन् । कामना सेवा विकास बैंकबाट ५० प्रतिशत डाउन पेमेन्ट गरेर पनि स्कुटर खरिद गर्न सकिन्छ ।

प्योर इभी इन्ट्रान्स प्लस


प्योर इभी इन्ट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ६० भोल्ट १२५० वाट आवर प्रोटेवल लिथियम आयान ब्याट्री छ । स्कुटरमा २५० वाट ब्रसलेस हब मोटर छ र

६० भी भेक्टर लुप कन्ट्रोलर छ । फुल चार्जमा ९० किलोमिटरसम्मको रेञ्ज दिन्छ । टप स्पिड २५ किलोमिटर प्रति घण्टा । यो स्कुटर ३ देखि ४ घण्टामा फुल चार्ज हुन्छ । फुल चार्ज गर्न करिब ३ यूनिट विजुली लाग्छ ।

प्योर इभी नियो इन्ट्रान्स


प्योर इभी नियो इन्ट्रान्सको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ । स्कुटरमा ६० भी २.५ किलोवाटआवर पोटेबल ब्याट्री छ । स्कुरटमा १.५ किलोवाट नोमिनल एण्ड २.२ किलोवाट पिक बीएलडीसी मोटर र ६० भी २० ट्यूभ भेक्टर लुप कन्ट्रोलर छ । ब्रेक फ्रन्टमा डिस्क र रियमा ड्रम ब्रेक छ । यसमा रिजेनेरेटिभ ब्रेकिङ स्टिम छ । ४ इन्च एलसीडी डिस्प्ले पनि स्कुटरमा छ । एन्टी थिप स्मार्ट लक । एलईडी हेडलाइटलगायत विशेषता छन् । फुल चार्जमा स्कुटरले ११६ किलोमिटरको रेञ्ज दिन्छ । चार्ज गर्न ३ देखि ४ घण्टको समय लाग्छ । ३ युनिट विजुलीमा फुल चार्ज गर्न सकिन्छ ।

प्योर इभी ईप्लोटो ७जी


प्योर इभी ईप्लोटो ७ जीको मूल्य २ लाख ४९ हजार हजार रुपैयाँ तोकिएको छ । ६० भी २.५ किलोवाटआवर पोटेबल लिथियम आयन ब्याट्री छ । १.५ किलोवाट नोमिनल एण्ड २.२ किलोवाट पिक बीएलडीसी मोटर र ६० भी २० ट्यूब भेक्टर लुप कन्ट्रोलर छ । फ्रन्टमा ड्रिक र रियमा ड्रम ब्रेकिङ स्टिम छ । एन्ट्री थिप स्मार्ट लक, एलईडी हेडलाईट, ४ इन्चको एलईडी डिस्प्ले लगायत विशेषता छन् । फुल चार्जमा स्कुटरले ११६ किलोमिटरको रेञ्ज दिन्छ । चार्ज गर्न ३ देखि ४ घण्टको समय लाग्छ । ३ युनिट विजुलीमा फुल चार्ज गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स