नेपाल टी ट्वान्टी लिगको टिम खरिदका लागि खुला टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी-ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।

अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ ।

क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स