राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

आईपीओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

लगानीकर्ताले छिटोमा असार ७ गतेसम्म र ढिलोमा जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गरेपछि सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स