काठमाडौं । नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादन तथा प्रशोधनमा प्रवाह गर्ने कर्जामा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले फलफल तथा जडिबुटी उत्पादन गर्नका लागि आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम थप गरेर प्रवाह गर्न निर्देशन जारी गरेको हो ।
हाल वाणिज्य बैंकहरुको न्यूनतम ७.३१ प्रतिशतदेखि अधिकतम १०.११ प्रतिशतसम्म बेसरेट कायम छ । राष्ट्र बैंकले परिपत्रमा भनेको छ ‘फलफूल तथा जडीबुटी उत्पादत एवम् प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने÷भएका कर्जामा लागु हुने छैन ।’
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/ABC-Circular-no-11.pdf”]