लुम्बिनी विकास बैंकको एकैदिन तीन शाखा कार्यलयको उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंकले एकैदिन तीन शाखा कार्यलयको उद्घाटन गरेको छ ।

बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ र गौरीगंगा नगरपालिका वडा नं. ७ मा शाखा विस्तार गरेको हो । योसँगैं बैंकको शाखा संख्या ८६ पुगेको छ ।

बैंकको कृष्णपुर शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्त रुपमा गरे । लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा गरे ।

त्यस्तै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशब खतिवडा र गौरीगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा गरे । यस बैंकको देशका ७ वटै प्रदेशमा शाखा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स