८ अंकले बढ्यो नेप्से, मेघा बैंक नेपालमा १० प्रतिशतको सर्किट

काठमाडौं । सेयर बजार खोलेको चौथो दिन नेप्सेमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ८.०३ अंकले बढेर २२३९.६० अंक विन्दुमा आइपुगेको छ ।

आज २३ लाख २४ हजारको कित्ता सेयर ८८ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स र अन्य बाहेक सबैमा हरियाली देखिएको छ ।

आज १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मेघा बैंक नेपालमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स