महानगरपालिकामा चेन तोड्न सफल बालेन्द्र साहले पाएको मतको संकेत परिवर्तन कि आक्रोस, यसो भन्छन् जनता

आगामी आव २०७९/८० को बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५ हजार ७७७ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनको यो मतले उपत्यकामा पनि विशेष गरी नेवारी समुदायबाट महानगर प्रमुखको हैसियत खोजिएर अन्यमा गएको हो ।

स्थानीय भूलोगमा हुर्के बढेका राजनीतिक विरासतबाट माथि उठेकी कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह र  एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै मधिशे मूलका साहले महानगरमा लोकप्रियता कमाएका हुन् । एकातिर युवा पुस्तामा छाएका बालेनलाई काठमाडौं बासीले मत दिएर चेन तोडेका छन् भने अर्कोतिर एउटा नयाँ पुस्ताको उद्य भएको छ ।

काठमाडौं महानगरपालिका वडा २९ का दुर्गाप्रसाद रिजालले हामीले परिवर्तन चाहेका कारण बालेनलाई भोट खसालेको बताए भने वर्षौ देखि पार्टीको झण्डा बोकेर हिडेका केहि स्थानीयले भने राजनीतिक दलसँग वाक्क भएर स्वतन्त्र उम्मेदवार बालेनलाई आफ्नो अमूल्य मत दिएको बताए । ‘आफूले दिएको मतलाई सम्मान गर्न सकियोस् भन्ने हाम्रो चहाना हो,’ रिजाल भने ‘युवा पूस्तामा अधिकार गयो भने परिवर्तन हुन्छ भन्ने विश्वास लिएको छु ।

यसको अर्थ महानगरबासीले परिवर्तन चाहिँ रहेका छन् र सो परिवर्तन परम्परागत ढर्राबाट नहुने देखेपछि उनीहरूले बालेन्द्र साहलाई आफ्नो अमूल्य मत दिएर त्यो स्थानमा पुर्याएका हुन् । हालसम्मको मतगणनाअनुसार देशकै पुरानो स्थापित पार्टी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सुनिता डंगोलले ५३ हजार ६४२ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १७ हजार ७६५ मत पाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स