१४ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली

काठमाडौं । सेयर बजार खोलेको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज २६ लाख ९४ हजारको कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ ।

आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स