माइक्रोफाइनान्सको नयाँ लाइसेन्स नखुल्ने भयो

काठमाडों । तत्काललै ७५३ वटै स्थानीय तहबाट कारोबारनीति तथा कार्यक्रमले पुँजी बजार उत्साहित
काठमाडौं । हिजो अपराह्न संघीय सांसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रमको इतिहासमा पहिलो पटक पुँजी बजारको विषयमा सम्बोधन भएको छ । पुँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने छ ।

नीति तथा कार्यक्रममा आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने छ । बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने छ भन्ने प्रष्ट रुपमा सम्बोधन गरिएको छ भने विदेशमा बस्ने एनआरएनहरूलाई पनि पुँजी बजारमा लगानीको लागि ढोका खुला गर्ने संकेत गरेकोे पाइन्छ ।

जसले गर्दा पुँजी बजारमा सम्लग्न लगानीकर्ताहरू उत्साहित भएको पाइन्छ । सोही नीति तथा कार्यक्रममा यस आर्थिक वर्षमा ५७० मेगावाट विद्युत उत्पादन भई मुख्य प्रशारण लाइनमा जडान गरी विद्युतको अभाव पूर्ण गराइ विदेश निर्यातको लागि अझ बढी पहल गरिने छ भन्ने कुरा नीति तथा कार्यक्रमले समेटेको छ । जसले गर्दा जलविद्युत क्षेत्रमा लगानी गरेका लगानीकर्ता र हाइड्रोप्रर्वदकहरू थप उत्साहित भएका छन् ।

सोही कारणले आज बुधबार १२.४० बजेसम्म नेप्से परिसूचक २०.५५ अंकले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स