बजारमा सुनको हाहाकार, ब्याक मार्केटमा तोलामै ४ हजार मूल्य तिरेर किन्नै पर्ने बाध्यतामा उपभोक्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा पनि एलसी खोल्न नदिएपछि बजारमा सुनको हाहाकार भएको छ । राष्ट्र बैंकले तोकेको कोटा बमोजिम पनि सुन आयात गर्न नपाउँदा बजारमा सुनको हाहाकार भएको हो ।

असारमा विवाहको लगन हुँदा अतिआवश्यक पर्ने उपभोक्ता तोलामै ३५ सयदेखि ४ हजार रुपैयाँसम्म बढी मूल्य तिरेर सुन किन्न बाध्य छन् । हाल सुन र चाँदी दुवैको गरगहना तथा भाडा वर्तन बनाउन ग्राहक आफैले सुन या चाँदी लिएर आउनु पर्छ नत्र अडर लिन सक्ने अवस्थामा सुन व्यापारी नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

‘अहिले सुन या चाँदी ल्याएर गरगहना तथा भाडावर्तन बनाइदिन भनेमा बनाइदिन सकिन्छ,’ उनले भने ‘नत्र हामीहरू आफैले सुन वा चाँदीका गरगहना र भाडावर्तन बनाएर बेच्न सक्ने अवस्था छैन, सुन नल्याइ हामी आधा तोलाको गहना पनि अडर लिन सक्ने अवस्थामा छैनौ ।’

बजार सुनको अभाव भएपछि भारतबाट नेपालमा सुन ल्याएर बिक्री गर्न थालिएको बुझिएको छ । खुला बोडर भएकाले जवजव बजारमा सुनको हाहाकार पर्छ तव तव केहिने नेपालको सुन भारतीय बजारमा जान्छ त कहिले नेपालमा भारतबाट सुन ल्याएर गैर कानुनी रुपमा बिक्री गर्ने गरिन्छ । अहिले नेपालमा सुन नभएकाले भारतबाट सुन ल्याउँदै कालो बजारीमा सुन बिक्री गर्ने गरेको पाइएको छ । बोर्डर साइटमामात्रै नभएर काठमाडौ उपत्यकमा समेत यसरी नै कालोबजारीमा सुन बिक्री हुन थालेको हो ।

उताबाट ल्याएको सुन बिक्री गर्दा तोला मै ३५ सय देखि ४ हजार रुपैयाँसम्म बढी लिने गरेको सुन्नुमा आएको पनि वरिष्ठ सदस्य शाक्यले बताए ।

एक प्रकारले भन्नु पर्दा बजारमा अहिले सुनको हाहाकार नै छ भन्दा पनि फरक पर्दैन । यस्तो बेलामा कालाबजारीहरू सलबलाउने पनि उनले बताए । बजारमा सुन नभएको फाइदा उठाउँदै उनीहरूले ग्राहकलाई बजार मूल्यभन्दा बढी पैसा सुन बिक्री गरिहेका छन् ।

कोभिडका कारण २ वर्षदेखि रोकिएको विवाहहरू हुन थालेका छन् । यस्तो अवस्थामा सुन आयात नहुँदा बजार ठप्प जस्तै भएर बस्नु परेको गुनासो समेत उनले सुनाए । ‘सुन नभइ नहुने ग्राहकले बढी मूल्य तिरेर भएपनि सुन खरिद गर्न बाध्य छन्,’ उनले भने ‘सरकारले सुनजस्तो जन्मेदेखि मर्दासम्म आवश्यक पर्ने वस्तुमा समेत कडा व्यवस्था गर्दा उपभोक्ता मारमा परेका हुन् ।

आयात प्रतिबन्धित वस्तुमा सुन नपरेपनि एलसी खोल्न नपाउँदा सुन आयात हुन सकेको छैन । गत चैत १३ गते राष्ट्र बैंकले २० किलो सुनको दैनिक कोटालाई घटाएर १० किलोमा सीमित गरेको छ । यो ल्याउन पनि एलसी खोल्न नपाउँदा बजारमा सुनको अभाव भएको हो । बैशाख महिनाभरि पनि निर्धारित कोटा अनुसार सुन आयात हुन सकेन ।

बजारमा सुन आयात नभएपनि विवाहको लगन भएका कारणले हाल पनि बजार दैनिक २० देखि २५ किलो सुनको माग छ । सो अनुसार दिन परै जाओस् ग्राहकले नै सुन नल्याइ गहना बनाउन सकिने अवस्था पनि नभएको उनले बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स