फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ?

काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि गरिएको हो ।

यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर १० रुपैयाँ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.१ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडा बढाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

पछिल्लोपटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यति बेला डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ रहेकामा हाल १६३ रुपैयाँ कायम भएको छ ।

यस्तो छ नयाँ मूल्य सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/bus-fare.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स