१६ अंकले बढ्यो नेप्से, १ अर्ब ८ करोडको कारोबार

काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ७ सयको कित्ता सेयर १ अर्ब ८ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, म्यूचल फण्ड बाहेक सबैमा हरियाली देखिएको छ ।

आज १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स