काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको ५०% हकप्रद सेयर सूचीकृत भएको छ ।
मंगलबार, कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।