१५ दिनमा आयल निगमलाई १ अर्ब १५ करोड घाटा, मूल्य बढाउन नपाउँदा घाटा चुलियो

काठमाडौं । अन्तराष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन नगर्दा नेपाल आयल निगमले १५ दिनमै एक अर्ब १५ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ । इण्डियन आयल कर्पोरेशनले अगष्ट १५ मा निगमलाई पठाएको मूल्य सूचि अनुसार एक अर्ब १५ करोड रुपैयाँ नोक्सानी भएको हो ।

निगमले खाना पकाउने एलपी ग्यासमा मात्रै १५ दिनमा ६५ करोड ३७ लाख रुपैयाँ नोक्सानी छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नपाउँदा निगमको नोक्सानी बढेको हो ।

विद्यार्थी संगठनहरुले मूल्य वृद्धिको विरोधमा संयुक्त आन्दोलन गरेर मूल्य घटाउन दबाव दिएदेखि निगमले मूल्य बढाउन पाएको छैन । विद्यार्थीहरुको दबावका कारण निगमले असार ३० गतेदेखि मूल्य बढाउन सकेको छैन । तत्कालिन समयमा निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको थियो ।

पेट्रोलमा मात्रै निगमलाई २२ करोड ७० लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। निगमले अहिले पेट्रोल १३८.६ रुपैयाँमा खरिद गरेर १२८ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेल पनि ११५.३० रुपैयाँमा किनेर १११ रुपैयाँमा बेचिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स