काठमाडौं । आज मंगलबार संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ । संघयि संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ ।
उक्त बैठकमा राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका बनेको छ । सरकारले संयुक्त सदनमा पेश गर्ने नीति तथा कार्यक्रमलाई सत्ता गठबन्धन दलहरुले स्वीकृति प्रदान गरिसकेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा कोरोनापछिको पुनरुत्थानका साथै समग्र आर्थिक विकास, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, व्यवसायिक कृषि तथा उद्योगधन्दा विस्तार गरी रोजगारी वृद्धि गर्दै गरिबी न्यूनीकरणमा टेवा पुर्याएने विषय वस्तु समेटिएका छन् । नीति तथा कार्यक्रममले कृषि र उद्योगलाई प्रमुख प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षालाई पनि नीतिले उत्तिकै प्राथमिकतामा राखेको छ ।
आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने तथा नवीनतम सोचको विकासका साथै इनोभेटिभ र इनोभेशनलाई समेत कार्यक्रम समावेश गरिएको बुझिएको छ । राष्ट्रिय आवश्यकता, जनचाहना र अर्थतन्त्रमा देखिएको समस्या तथा पर्न सक्ने सम्भावनाका विषय वस्तुमा सरकारको नीति तथा कार्यक्रमको लक्ष्य रहनेछ ।
नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकास तथा कर नीतिलाई अगाडि बढाउने भएको छ । विदेशी लगानी भित्र्याउन सहज लगानीमैत्री वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति, करको दायरा विस्तार साथै प्रगतिशील कर व्यवस्था लागू गर्ने तयारीका साथ सरकारले नीति तथा कार्यक्रम तयार पारेको छ ।
नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते गणतनत्र दिवसका दिन संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्नेछन् ।