रिभर फल्स पावरको आईपीओ आज दिउँसो ४ बजे बाँडफाँड हुने

काठमाडौं । रिभर फल्स पावरको आईपीओ आज (सोमबार) बाँडफाँड हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलकै कार्यालयमा दिउँसो ४ बजे बाँडफाँड हुन लागेको हो ।

कम्पनीले बैशाख २८ गतेदेखि आईपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि हो भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स