साउन महिनामात्रै गरे बैंकहरूले ४३ अर्ब कर्जा प्रवाह, निक्षेप संकलनमा भने संकुचन

काठमाडौं । हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले असारको तुलनामा साउन महिनामा ४३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । असार अन्त्यसम्म ३७ खर्ब २० अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा प्रवाह साउन १ महिनामा बढेर ३७ खर्ब ६३ अर्ब पुगेको हो ।

कर्जा विस्तार भने वृद्धि भएको देखिएको छ । पछिल्लो एक महिनामा बाणिज्य बैंकहरुको कर्जा विस्तार ४३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जसमध्ये सिद्धार्थ बैंकले सबैभन्दा बढी ५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुमारी बैंकले ५ अर्ब १२ करोड रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको छ ।

बैंकहरूको कर्जा बढेपनि निक्षेप संकलन भने घटेको छ । असार महिनाको तुलनामा २०७८ साउन महिनामा भने त्यस्तो निक्षेपमा ७७ अर्ब ९२ करोडले गिरावट आएको छ । तथ्यांक अनुसार २०७८ असारको तुलनामा साउनका वाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ खर्ब १ अर्ब बाट घटेर ४१ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ । साउन महिनामा सिद्धार्थ बैंकले सबैभन्दा बढि ५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सो अवधिमा सबैभन्दा बढि निक्षेप सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिएको छ । साउन महिनामा राष्ट्रिय वाणिज्य बैंकबाट २७ अर्ब २८ करोड रुपैयाँ निक्षेप बाहिरिएको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स