अन्तरघात गर्दै छन् अघिल्लो सरकारका नियुक्ति

काठमाडौं । नेपालको अर्थतन्त्रमा समय परिस्थिति र आवश्यकतालाई बोध गरी तत्कालिन समय अनुसार अर्थतन्त्रको सम्बन्धमा नीति निर्माण तय गर्नुपर्ने हो । तर, त्यस्तो नभइ अर्थतन्त्रमा राजनीति घुस्दा स्वयम् नियामक निकाय नै आफू जवाफदेही रहेको संस्थामा नै अन्तरघात गरी यसको अपजश सरकार र राज्यलाई बोकाउँदै गएको देखिन्छ ।

अघिल्लो सरकारमा नियुक्ति लिएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष भिष्मराज ढुंगाना र बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आफू नियामक भएर आएको संस्थालाई नै अन्तरघात गरिरहेका छन् ।

राष्ट्र बैंकको सवालमा हेर्ने हो भने कोभिडबाट थलिएको अर्थतन्त्रलाई उद्धार रुप लिएर खस्किएको अर्थतन्त्र उकास्नु पर्ने नीति तर्जुमा गर्नु पर्नेमा विगत मौद्रिक नीतिमा ८५ प्रतिशत रहेको सीसीडी रेसियोलाई ९० प्रतिशत सीडी रेसियो बनाएर करिब ५/६ खर्ब जति तरलतालाई संकुचन गराइ स्वयम बैंकहरूमै फ्रिज गराएर अर्थतन्त्र कै लय बदलिएका छन् भने सेयर बजारमा ४/१२ को क्याप लगाएर सेयर बजारलाई नै धरासायी बनाउन सफल भएका छन् ।

त्यसै गरी बैंक तथा वित्तीय संस्थालाई स्वतन्त्र रुपले सेयर कारोबार गर्दै आइरहेकोमा नियनम नभइ नियन्त्रण गरी लाभांश वितरणमा समेत रोक लगाएर नियन्त्रण गरेको पाइन्छ । जसले गर्दा पुँजी बजार लगायत समग्र अर्थतन्त्रलाई नै चलायमान हुनबाट रोक लगाएको देखिन्छ । त्यसै गरी ढुंगानाले धितोपत्र बोर्डमा बसेर आफू अनुकूल भित्री तथा गैर कानुनी कारोबार गर्दा उनी विवादमा तानिए र धितोपत्र बोड बाटै निलम्बन भइसकेका छन् ।

त्यसैगरी बीमा समितिका अध्यक्ष सिलवाल अहिले चर्चामा रहेका छन् । इन्स्योरेन्सहरूलाई पुँजी वृद्धिको नाममा जर्वरजस्ती सीमित अवधिभित्रमा फोर्स मर्जरमा जान बाध्य बनाउने नियामकीय दण्डा चलाइरहेका छन् । लघु बीमालाई लाइसेन्स दिने भन्दै वितग १ वर्षदेखि झुलाइरहेका उनले सञ्चालमा आएका बीमा कम्पनीहरूलाई भने फोर्स मर्जरमा लगेर लगानीकर्ताको सम्पत्ति बन्धक बनाइ दिएका छन् ।

आफूलाई लाभ हुने गरी सरकारी पुनरबीमा कम्पनी ‘नेपाल रि इन्स्योरेन्सको ५० प्रतिशत व्यवसाय खोसेर निजी कम्पनी ‘हिमालय रि इन्स्योरेन्स’ को पोल्टामा हालिदिएका छन् र मोटो कमिशन असुलेर अर्थमन्त्रीलाई समेत भाग बुझाएको बजारभर वहस चलेको छ ।

आफ्नो संस्थामा सुशासन कायम गर्नुपर्नेमा कसरी आफूलाई लाभ हुन्छ त्यहि चक्करमा उनको कार्यकाल सकिने देखिन्छ । पछिल्लो समयमा नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल सुरुवाती चरणमा चर्चामा रहेपनि महिनौ वितिसक्दा पनि खासै उल्लेखनिय काम गर्न सकेका छैनन् भने नेपाल स्टक एक्चेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णवहादुर कार्की पनि सुधारका सवालमा केहि गर्न नसकेको परिस्थिति हमालको समानान्तर सहयोगीको रुपमा देखिएका छन् ।

अघिल्लो ओली सरकारको पालामा नियुत्ति लिएका गभर्नर अधिकारी र सिलवालले राजनीतिक प्रपिशोधका शैलीमा नियामकको नियामक र अर्थतन्त्रको लयलाई नै उल्टाइ दिएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स