कालिका लघुवित्तको प्रबन्ध संचालकमा प्रधान

काठमाडौं । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।

३ दशक बैंकिङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रबन्धक पदबाट सेवा निबृत्त हुन् । हालै सम्पन्न कालिका लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो ।

संस्थाको हालको निक्षेप १ अरब १६ करोड, कर्जा तर्फ ३ अरब र गत आर्थिक वर्षको नाफा ५ करोड ५२ लाख रहेकोमा यस आर्थिक वर्षमा वृद्धि निक्षेप १ अरब ६९ करोड, कर्जा तर्फ ४ अरब २७ करोड र खुद नाफा ९ करोड ५३ लाख पुर्याउने लक्ष रहेको प्रधानले बताए ।

यस अघि कालिका लघुवित्तमै वरिष्ठ प्रवन्धकको रुपमा कार्य गरेका प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स