भरतपुर महानगरमा दाहालको फराकिलो मतको अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ६१६ मतले अग्रता लिएकी छिन् ।

उनले ३५ हजार ५९५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ९७९ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९२७ मत प्राप्त गरेका छन् ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ७४२ मत प्राप्त गर्दा गुरुङले २२ हजार १२२ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स