नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गर्न विशेष साधारणसभाले दियो अनुमति, असारसम्म एकीकृत कारोबार सुरु गरिसक्ने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ती (एक्विजिसन) गर्न दुवै बैंकको साधारणसभाले अनुमति दिएको छ । दुवै बैंकले आज शनिबार विशेष साधारणसभा नबिलले बंगलादेश बैंकलाई गाम्भे र बंगलादेश बैंकले नबिलमा समाहित हुन सेयरधनीहरूसँग अनुमति लिएका हुन् । नेपाल राष्ट्र बैंकले एक्विजिसनको अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु हुनेछ

एनबीलाई १०० बराबर ४३ को स्वाप रेसियो नबिलमा गाभ्ने यसअघि नै सहमति भैसकेको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेपछि नविलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुग्नेछ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्दा बैंकको सेयर प्रिमियममा ५ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ थपिनेछ । यस्तै असार मसान्तभित्र मर्जर प्रक्रिया पुरा गरेमा करिब ८० करोड रुपैयाँ कर बच्नेछ । जसलाई बैंकले बोनस सेयरको रुपमा वितरण गर्न सक्छ ।

दुई बैंक एक भएपछि बैंकको वार्षिक नाफा करिब ५ अर्ब रुपैयाँ हुनेछ । त्यसमा स्वाप र करछुटबाट बचेको पैसा जोडेर नबिल अझ बलियो र स्थापित बैंक बन्नेछ ।

प्राप्तिपछि बन्ने नबिल बैंकको सञ्चालन खर्चमा कमी भइ नबिललाई मुनाफा वृद्धिमा समेत सहयोग पुग्ने देखिएको छ । अहिले नबिल बैंकले सेयरधनीलाई सर्वाधिक प्रतिफल दिइरहेको छ ।

सबैभन्दा बढी प्रतिफल दिने बैंकका रुपमा स्थापित नबिललाई यो प्राप्ति आगामी वर्षमा अझ बढी प्रतिफल दिन सहयोग पुग्नेछ । नबिल बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसको अघिल्लो वर्ष अर्थात आव २०७६÷७७ सम्मको सञ्चित मुनाबाट ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एनबीलाई प्राप्ती गरेपछि नबिल बैंक एक दर्जनभन्दा बढी सूचकमा सबैभन्दा माथि हुनेछ । बैंकको निक्षेप बढेर ३ खर्ब २० अर्ब नाघ्नेछ भने कर्जा बढेर ३ खर्ब ९ अर्ब हुनेछ ।

दुई बैंकले पुस अन्तिममा एक्विजिसनको सम्झौता गरेको हुन् । गत वैशाख २२ गते बसेको दुवै बैंकको सञ्चालक समितिले जेठ ७ मा विशेष साधारणसभा बोलाएका थिए । नबिलले यसअघि युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स