भरतपुरमा रेनु दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा सुवेदीले कति पाए ?

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा महानगर प्रमुखको उम्मेदवारमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार २६७ मतले अग्र स्थानमा रहेकि छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत प्राप्त गर्दा दाहालले २१ हजार ८५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ४८७ मत प्राप्त गरेका छन् भने हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स