सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन नपाइने, चलाए जफत हुने

काठमाडौं । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन रोक लगाउने निर्णाय गरेको हो ।

सार्वजनिक बिदाको दिनपास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको कार्यालयले जनाएको छ ।

इन्धन खपत कम गर्न भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको हो र सोहीअनुसार यस्तो निर्णय गरेको काठमाडौं प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स