काठमाडौं । सेयर बजार खोलेको चौथो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख ९८ हजारको कित्ता सेयर १ अर्ब ३० करोड ९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।
आज १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।