कामपा प्रमुखमा स्वतन्त्र उम्मेदवारकै अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १० हजार ५८६ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २१ हजार ६२२ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार ३६ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डंगोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकि छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स