नबिल बैंक र लगानी बोर्डबीच विदेशी लगानी प्रवद्र्धन गर्ने सम्झौता

काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि नेपाल लगानी बोर्डसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा बैंकको सक्रिय सहभागिता रहने बताएको छ ।

लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

पूर्वाधार विकासमा विगत ३७ वर्षदेखि नबिल बैंकको ठूलो योगदान रहेको छ । यसै क्रममा पूर्वाधार विकासमा लगानी बोर्डले विगत १० वर्षदेखि नेतृत्वदायी भूमिका खेल्दै सक्रियता देखाउदै आएको छ । जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवद्र्धन गर्दै आइरहेको छ ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पुर्वाधाहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ ।

विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको कारण लगानी बोर्डले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएको भट्टले बताए । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालल नबिल बैंकले दिगो बैंकिङ सेवाका साथै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए । यसै क्रममा नबिल बैंक यस गरिमामय संस्था लगानी बोर्डको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउँदा बैंक गौरान्वित रहेको सीईओ शाहले बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनूकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स