४/१२ सीमा हटाउन र लगानीकर्ताको सम्पत्ति बन्धन नबाउन राष्ट्र बैंकसँग सेयर लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताहरूले सेयर धितो कर्जाको नीति फिर्ता दिन राष्ट्र बैंकलाई अग्राह गरेका छन् । आज बुधबार लागनी कर्ताहरूले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सुझाव दिँदै सेयर धितो कर्जामा ४/१२ को सीमा हटाउन माग गरेका हुन् । नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संस्थाले संयुक्त रुपमा उक्त सुझावहरू दिइएका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीकर्ताले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्मको मात्रै सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थाले सेयर बजारलाई निरुत्साहीत गरेको भन्दै उक्त व्यवस्थालाई फिर्ता लिन लागनीकर्ताहरूले माग गरेका हुन्।

लगानीकर्ताहरुले सेयर धितो कर्जामा बढाइएको जोखिम भारित औसतलाई पनि १०० प्रतिशतमा झार्न माग गरेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिम भारित औसत १५० प्रतिशत पुर्याएको थियो। यो व्यवस्था आगामी असारदेखि मात्रै लागु हुने छ ।

लगानीकर्ताले सूचीकृत कम्पनीहरु मर्जरमा जाँदा सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताको सम्पति बन्धक भएको भन्दै कारोबार बन्द नहुने व्यवस्था मिलाउन आग्रह राष्ट्र बैंकलाई आग्रह गरेका छन् । मर्जर तथा एक्वीजिसनले लगानीकर्ताको सम्पति बन्धक भइ नोक्सानी ब्यहोर्नु उनीहरूको जिकीर छ । बैंक तथा वित्तीय संस्थाको साधारणसभाको लागि बुकक्लोज गरेजस्तै केहि सीमित अवधिको लागि मात्र सेयर कारोबार रोक्का हुने व्यवस्था गर्न आग्रह गरेका छन्।

अहिले तरलताको समस्याले अर्थतन्त्रमा नकारात्मक अवस्था आएको भन्दै तरलताको समस्या सामाधान गर्ने व्यवस्था मिलाउनु पर्नेमा उनीहरूको जोड थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स